Incident Reports

दाइजोको निहुँमा बुहारीमाथि कुटपिटl

2013-09-24

Province 1, Morang, Jahada

Deepen Neupa भातिगछ गाविस-२ की २० वर्षीया सवितादेवी यादवलाई उनका पति धर्मेन्द्र यादव र सासू मीनादेवी यादवले दाइजो नल्याएको आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपितद्वय विरुद्ध असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख जमुना बस्नेतले पीडितले आफूलाई पछिल्लोपटक असोज ५ गते कुटपिट गरेको आरोपमा उजुरी दिएको बताइन् । यसअघि पनि पतिले मादक पदार्थ सेवन गरी पीडितलाई कुटपिट गर्ने गरेका थिए । पतिले कुटपिट गरेपछि सासूले समेत पीडितलाई दाइजो नल्याएको भन्दै कुटपिट र गालीगलौज गर्ने गरेकी थिइन् । उनीहरूको अन्याय सहन नसकेर बाध्य भई प्रहरीमा उजुरी दिएको पीडितको भनाइ छ । उजुरीपछि असुरक्षा भएको भन्दै उनी मामासँग बुधनगर गाविसमा बसेकी छन् । जिल्ला प्रहरी कार्यालयले आरोपितहरूलाई झिकाउन असोज ८ गते भातिगछ प्रहरी चौकीलाई पत्राचार गरेको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख बस्नेतले बताइन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis