Incident Reports

माइतीघरमा नेविसंघको विरोध प्रदर्शन

2018-07-04

Bagmati, Kathmandu, Kathmandu

(PR) नेपाल विद्यार्थी संघले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । सरकारले प्रदर्शन गर्न निषेध गरे पनि नेविसंघले प्रदर्शन गरेको हो । उनीहरुले सरकार विरुद्ध नाराबाजी गर्दै माइतीघर मण्डला परिक्रमा गरेका छन् । प्रदर्शनलाई लक्षित गरी ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । नेविसंघ कार्यकर्ताले छोराको हत्यामा संलग्नको कारबाहीको माग राख्दै आमरण अनशनमा बसेकी गंगामाया अधिकारीको माग पूरा गर्न माग गरेका छन् । माइतीघरको प्रदर्शनमा नेविसंघका पूर्वसभापति तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल पनि सहभागी छन् । प्रदर्शनकारीले ‘निषेधित क्षेत्र खारेज गर’, ‘गोविन्द केसी र गंगामाया अधिकारी’को माग पूरा गर लगायतको नारा लगाएका छन् । सरकारले काठमाडौंको माइतीघरलगायत सार्वजनिक स्थलमा सभा र प्रदर्शन गर्न निषेध गर्दै त्यसका लागि निश्चित ७ ठाउँ ताेकेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments