Incident Reports

बालविवाह घटनाका आरोपित गिरफ्तार

2018-07-04

Lumbini, Rukum East, Banfikot, Ward 2

रुकुम पूर्वकी १५ वर्षीया एक बालिकासँग बालविवाह गरेको आरोपमा प्रहरील बाँफिकोट गापा-२ रुकुम पश्चिमका २९ वर्षीय दिनेश रसाईली बिकलाई असार २० गते गिरफ्तार गरेको छ । पीडित बालिकाका भिनाजुले असार २० गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उजुरी दिएपछि आरोपित बिकलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको रुकुम पश्चिमका इन्स्पेक्टर प्रमोद खत्रीले बताए । पछिल्लो समयमा रुकुममा बालविवाहका घटनाहरू बाहिर आउने सङ्ख्या बढ्दै आएको र दोषीलाई कानुनी दायरामा ल्याउन सरोकारवालाहरूको सक्रियता बढेको जिल्ला बालकल्याण समिति रुकुमका बाल अधिकार अधिकृत मानविर ओलीले बताए ।

0 Comments