Incident Reports

ठूलो मात्रामा आधुनिक हतियार र गोली बरामद, ५ जना पक्राउ

2018-07-06

संखुवासभा प्रहरीले ठूलो मात्रामा हतियार र गोलीसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी सिलिचोङ गाउँपालिका–५ का केदार राई, ४ का पूर्णकुमार राई, र सूर्यबहादुर तथा राई चिचिला–२ का सुरेन्द्र राई र भारत बिहारका मोहम्मद मुन्ना खानलाई सार्वजनिक गरिएको हो । उनीहरुका साथबाट ७६५७ युएसए लेखिएको पेस्तोल एक थान, गोली १४ राउन्ड, म्यागजिन र थ्रीनट थ्री राइफल दुई दुई थान, कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग गरिने गोली र विस्फोटक पदार्थ, डेटोनेटर, त्यसको खाली कभर दुई थान, एन्टेना जोडिएको सेतो रङको रिमोट, भरुवा बन्दुक एक थान र त्यसमा प्रयोग हुने बारुद, सोडा, गन्धकलगायत सामग्री बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारु मगरले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis