Incident Reports

Unidentified Group Kills Assistant Professor

2013-09-27

Dhanusha/September 27 Assistant professor at Janak Hajari Bidhyapith, Satya Narayan Gareri, 46, of Arnama VDC-5 in Siraha and currently living in Janakpur Municipality-8 has been found dead on September 27. District Police Office said that Gareri’s body was found around 6 in the morning on the road linking Janakpur and Kurtha in Kurtha VDC-6. Police informed that the body has gun shot on the abdomen and also has slit throat. His colleague Associate Professor Rudra Kumar Jha said that Gareri had left home in the evening of September 26 to bring the child from Era International School at Ramananda Chok. The body has been kept at Janakpur Zonal Hospital for postmortem. The motive of the killing or the perpetrators has not been known yet. SP Uttam Raj Subedi said that the police were searching for the offender. Binod Kumar Rabidas सिरहा अरनमा गाविस-५ घर भई हाल जनकपुर नपा-८ निवासी सहायक प्रध्यापक ४६ वर्षीय सत्यनारायण गरेरीको अज्ञात हतियारधारी समूहले कुर्था गाविस-६ स्थित जनकपुरबाट कुर्था जाने बाटोमा हत्या गरी फालेको अवस्थामा असोज ११ गते बिहान ६ बजे लास फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दाहिने छाती, तल्लो पेट भन्दामाथि एक गोली लागेको गरेरीको घाँटीमा समेत धारिलो हतियार प्रहार गरी काटिएको छ । असोज १० गते साँझ रमानन्द चौक स्थित इरे इन्टरनेशनल स्कुलबाट बच्चालाई ल्याउन निस्केका उनी राती घर नफर्केको सोही क्याम्पसका उप प्रध्यापक रुद्र कुमार झाले बताए । मृतक जनक हजारी विद्या पिठ क्याम्पसका नेपाली विषयका सहायक प्रध्यापक हुन् । उनी जनकपुरका अन्य क्याम्पसमा पनि नेपाली विषय पढाउने गरेका थिए । उनी विद्यालय तथा क्याम्पस स्तरका किताब तथा व्याकरणका समेत लेखेका हुन् । लासको जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ । कसले किन हत्या गरेको हो ? खुल्न सेकेको छैन । कुनै सशस्त्र समूहले पनि हत्याको जिम्मा लिएको छैन । घटनाको अनसन्धान शुरु भइसकेको र घटनामा संलग्नहरूको समेत खोजी कार्य भइरहेको एसपी उत्तमराज सुवेदीले बताए । विनोद कुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis