Incident Reports

अज्ञात समूहद्वारा सहायक प्रध्यापकको हत्या l

2013-09-27

Binod Kumar Rabidas सिरहा अरनमा गाविस-५ घर भई हाल जनकपुर नपा-८ निवासी सहायक प्रध्यापक ४६ वर्षीय सत्यनारायण गरेरीको अज्ञात हतियारधारी समूहले कुर्था गाविस-६ स्थित जनकपुरबाट कुर्था जाने बाटोमा हत्या गरी फालेको अवस्थामा असोज ११ गते बिहान ६ बजे लास फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दाहिने छाती, तल्लो पेट भन्दामाथि एक गोली लागेको गरेरीको घाँटीमा समेत धारिलो हतियार प्रहार गरी काटिएको छ । असोज १० गते साँझ रमानन्द चौक स्थित इरे इन्टरनेशनल स्कुलबाट बच्चालाई ल्याउन निस्केका उनी राती घर नफर्केको सोही क्याम्पसका उप प्रध्यापक रुद्र कुमार झाले बताए । मृतक जनक हजारी विद्या पिठ क्याम्पसका नेपाली विषयका सहायक प्रध्यापक हुन् । उनी जनकपुरका अन्य क्याम्पसमा पनि नेपाली विषय पढाउने गरेका थिए । उनी विद्यालय तथा क्याम्पस स्तरका किताब तथा व्याकरणका समेत लेखेका हुन् । लासको जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ । कसले किन हत्या गरेको हो ? खुल्न सेकेको छैन । कुनै सशस्त्र समूहले पनि हत्याको जिम्मा लिएको छैन । घटनाको अनसन्धान शुरु भइसकेको र घटनामा संलग्नहरूको समेत खोजी कार्य भइरहेको एसपी उत्तमराज सुवेदीले बताए । विनोद कुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis