Incident Reports

अज्ञात समूहले गोली प्रहार गरी चालकसहित मोटरसाइकल लुटे

2018-07-07

अज्ञात समूहले रौतहटमा गोली प्रहार गरी मोटरसाइकलसहित १ व्यक्तिलाई लुटेकाे छ । बारा सुर्वण गाँउपालिका–८ का किशोर साह कानु जिल्लाको देवाही गोनाही नगरपालिका–४, बकैया खोला किनारमा शनिबार राति ८ः३० बजे लुटिएका हुन् । लुटेराकाो निशानाबाट भने उनी जाेगिएका छन् । कुटपिटबाट टाउकोमा चोट लागेका उनको अहिले गरुडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साहले तीन जनाको संख्यामा रहेका लुटेराहरुले गोली प्रहार गरी आफूले चढेको मोटरसाइकलसहित पैसा र मोबाइल लुटेर भागेको बताए । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी निरीक्षक मनोज यादवले देवाही गोनाहीको प्रेमपुर गोनाहीमा रहेको ससुराली आउदै गरेका साह मोटरसाइकल, रकम र मोबाइलसहित गए राति ८ः३० बजे बकैयाको बाँधमा लुटिएको जानकारी दिए । प्रहरीले लुटिएको मोटरसाइकल घटनास्थलभन्दा ३ किलोमिटर पूर्व देवाही गोनाही-८ को एक पोखरीनजिक फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटले लुटेरा समूहको खोजी भइरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports