Supporters of Dr Govinda KC on Saturday took out a protest rally in Kathmandu, demanding that the government fulfil the agitating doctor’s demands.
The rally was taken out from Maitighar converged into a corner meet at Baneshwor. Bibeksheel Sajha Party cadres and professionals from different fields participated in the rally.
Addressing the gathering at Baneshwor, advocate Om Prakash Aryal said the government had become the ‘spokesperson for mafia’.
It has undermined the recommendations made by Kedar Bhakta Mathema-led commission.”
चिकित्सा शिक्षा सुधारलगायतका विभिन्न सात बुँदे माग राख्दै जुम्लामा आमरण अनसन बसेका डक्टर गोविन्द केसीको समर्थनमा असार २३ गते काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ ।
सरकारले माइतीघरलाई साउन १ गतेदेखि लागु हुन गरी निषेधित क्षेत्र घोषणा गरे पनि घोषणा फिर्ताको मागसहित माइतीघरमै प्रदर्शन गरिएको हो ।
तर, असार २२ गते नै सर्वोच्च अदालतले माइतीघर मण्डलालगायतका क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय प्रथि तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
केसीले पनि आफ्नो मागमा माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय सदाका लागि फिर्ता गर्नुपर्ने उल्लेख गरेका छन् ।
सोलिडारिटी फर डक्टर केसी एलाइन्सले विरोध कार्यक्रमको आयोजना गरेको हो । माइतीघरमा सहभागी भएका केसीका समर्थकले प्रदर्शन गर्दै बानेश्वरसम्म र्याली आयोजना गरेका छन् ।
र्यालीमा उनीहरूले केसीको माग पूरा गर्नुपर्ने, माफियामूखी चिकित्सा शिक्षा ऐन ल्याउन नहुने लगायतका नारा लगाएका थिए । यसैगरी उनीहरूले सरकारको विरोधमा समेत नाराबाजी गरेका छन् ।
अनसनरत केसीको जीवन रक्षासहितको जरूरी सार्वजनिक महत्व प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका सांसदले असार २२ गते संसद बैठक अवरूद्ध गरेका थिए ।