Incident Reports

धेरै रोएको भन्दै छोरीको घाँटीमा सल कसेपछि

2018-07-09

Gandaki, Lamjung, Rainas, Ward 3

डेढ वर्षीया छोरीलाई हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । राइनास नगरपालिका–३ ढाँडखर्ककी ३० वर्षीया सम्झना विकलाई प्रहरीले पक्राउ गरेको हो । धेरै रोएको भनी उनले १८ महिने छोरी मञ्जिलाको घाँटीमा सल बेरेर कसिदिएकी थिइन् । उपचारका क्रममा गत सोमबार बालिकाको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उपचारमा संलग्न चिकित्सक र प्रहरीसँगको प्रारम्भिक बयानमा उनले कसुर स्वीकार गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । बालिकालाई उपचारार्थ राजधानीको कान्ति बाल अस्पताल लगिएको थियो । घटना असार ११ मा भएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि आफन्तले बालिकालाई काठमाडौं लगेका थिए । आफ्नै छोरीलाई सलले बाँधेर गम्भीर घाइते बनाएको र उपचारको क्रममा मृत्यु भएपछि सम्झनालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेको थियो । ती महिलाले रिसको झोंकमा छोरीलाई सलले बाँधिदिँदा घटना घटेको स्वीकार गरेको अनुसन्धान अधिकृत अधिकारीले बताए । यसअघि दुई छोरी रहेको र दुई छोरा खेर गएपछि मनमा असन्तोष पलाउँदा उक्त घटना घटेको उनले प्रारम्भिक बयानमा बताएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ ल्याएर बिहीबार उनीविरुद्ध कर्तव्यज्यान मुद्दा चलाउन प्रहरीले अदालतबाट १२ दिनको अनुसन्धान म्याद लिएको छ । विकका श्रीमान् वैदेशिक रोजगारीका लागि मुलुकबाहिर छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments