Incident Reports

सिंहदरबारको दक्षिण गेटबाट कृष्ण पहाडीसहित १० जना पक्राउ

2018-07-10

Bagmati, Kathmandu, Kathmandu

सरकारले तोकेको निषेधित क्षेत्र तोड्न पुगेका १० जनालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मानवअधिकारकर्मी कृष्ण पहाडीसहित १० जना रहेका छन् । सरकारले स्वतन्त्रतापूर्वक भेला हुन पाउने अधिकार हनन गर्न खोजेको भन्दै पहाडीसहितका प्रदर्शनकारी सिंहदरबारको दक्षिण गेट अगाडि पुगेर धर्नामा बसेका थिए । त्यसपछि त्यहाँ तैनाथ प्रहरीको टोलीले पहाडीसहित १० जनालाई नियन्त्रणमा लिएको हो । यसअघि कांग्रेसको भातृसंगठन नेविसंघले माइतीघरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्दै आएको छ । स्वास्थ्य र शिक्षामा बढ्दो माफियाकरण हट्नुपर्नेसहित माग गर्दै दक्षिण गेट अगाडि धर्नामा बसेको अवस्थाम प्रहरीले पक्राउ गरेको मानवअधिकार तथा शान्ति समाजका महासचिव उत्तम पुडासैनीले बताएका छन् । पहाडीसँगै पक्राउ पर्नेमा शान्ति समाजका अध्यक्ष गगांधर अधिकारी र संस्थापक सदस्य कृष्ण कडेलसहित १० जना रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation related to transitional justice and human rights
Secondary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 25
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments