Incident Reports

मालीमस्ती नाकाबाट एक महिलाको उद्धार

2018-07-09

Madhes, Parsa, Parsa, Ward 1

ठोरीको एउटा नाका हुँदै भारत जान लागेको अवस्थामा पर्साको ठोरी गाउँपालिका स्थानीयले असार २५ गते मकवानपुरकी ३० वर्षीया महिलालाई उद्धार गरी प्रहरीको जिम्मा लगाएका छन् । ठोरी गाउँपालिका-४ मालीबस्ती नकाबाट भारततर्फगइरहेको अवस्थामा शङ्का लागि सोधपुछ गर्दा पीडितले आफू भारत हुँदै कुवेत जान लागेको बताएपछि स्थानीयले उनलाई प्रहरीको जिम्मा लगाएको स्थानीय सनम श्रेष्ठले जनाकारी दिए । पीडित महिलाका अनुसार उनीहरूको टोलीमा उनीसहित सात जना थिए । चितवन तर्फबाट माडी हुँदै बसमा आएका उनीहरू मालीबस्ती नजिक रहेको बागमोर्चा पुलमा ओर्लिएका थिए । टोलीमा भएका तीन पुरूष र तीन महिला मालीबस्ती हुँदै भारततर्फगएको उनले बताइन् । उनीहरूले प्रयोग गरेको बाटोको दुवैतर्फप्रहरीको चेक पोष्ट छैन । मालीबस्तीबाट भारततर्फप्रवेश गर्न पैदल १० मिनेट मात्र लाग्छ ।

0 Comments