Incident Reports

आमालाई निर्घात कुटपिट गरेको आरोपमा छोरा गिरफ्तार

2018-07-09

Lumbini, Dang, Lamahi, Ward 5

लमही नगरपालिका-५ की ७६ वर्षीया आमा तुलसी पुनलाई निर्घात कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय लमहीले ३८ वर्षीय छोरा यमबहादुर पुनलाई असार २६ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरी आएका यमबहादुरले बृद्धा तुलसीलाई ज्यान मार्ने धम्की दिँदै कुटपिट गर्दा आँखा, मुख, टाउको, घाँटी, शरीरका विभिन्न अङ्गमा गम्भीर चोट लागेको प्रहरीले जनायो । घाइते बृद्धाको उपचार लमही अस्पतालमा भइरहेको छ । यमबहादुरलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अरुणकुमार सिंहले बताए । बृद्धा आमासँग पैसा माग्ने नदिए घर निकाला गरिदिने भन्दै आरोपितले असार २५ गते कुटपिट गरेको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments