Incident Reports

बालिका बलात्कारका आरोपी गिरफ्तार l

2013-09-28

Mangal Begha एक ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रानीटार गाविस-१ का ४८ वर्षीय मनकुमार तामाङलाई ०७० असोज १२ गते प्रहरीले गिरफ्तार गरेको छ । अविभावकको निवेदन र स्थानीयको सूचनाको आधारमा उनलाई गिरफ्तार गरिएको पौवाभञ्याङ्ग प्रहरी चौकीका असई अनिल तामाङले बताए । पीडित बालिका सुतिरहेको बेला असोज ९ गते राति आरोपितले बलात्कार गरेको पीडितका अविभावकले जानकारी दिए । पीडित बालिकाको जिल्ला अस्पताल पाँचथरमा असोज १२ गते स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । आरोपितविरुद्व उजुरी दर्ता भएपछि थप अनुसन्धान हुने जिल्ल्ला प्रहरी कार्यालका इन्स्पेक्टर सञ्जीव बाबु खड्काले बताए । मंगल बेघा

0 Comments

Related Reports
Related Trend Analysis