Incident Reports

लुटेराको कुटाइबाट मृत्यु

2018-07-14

Province 1, Dhankuta, Chhathar, Ward 5

धनकुटाको छथरजोरपाटी गाउँपालिकामा लुटेराकोे कुटपिटबाट एक वृद्धाको ज्यान गएको छ। छथर जोरपाटी गाउँपालिका–५ की ६० वर्षीया नरमाया लिम्बूको घरमा परिवारका सदस्य कोही नभएको मौका पारी लुटपाट गरी वृद्धालाई कुटपिट गरेर गम्भीर घाइते वृद्धाको मृत्यु भएको थियो। वृद्धालाई कुटपिट गरी लुटेराले डेढ तोला सुनका गहना लुटेका थिए। शुक्रबार राति स्थानीय १९ वर्षीय रोहित लिम्बू १६ वर्षीय शुक्रराज लिम्बूको कुटपिटबाट घाइते भएकी वृद्धाको उपरचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी लिम्बूलाई धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक सुरेन्द्रकुमार गुरुङले बताए। आरोपी दुवैलाई चोरी गरेका गहनासहित पक्राउ गरी जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखिएको उनीहरु दुवैलाई कर्तव्य ज्यान मुद्दा चलाइने तयारी रहेको प्रहरीले जनाएको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Police website , Local Newspaper - Morang

0 Comments

Related Reports