Incident Reports

यातना दिने शिक्षिकालाई कारवाहीको माग l

2013-09-28

Gandaki, Tanahun, Byas

Prakash Chandra Bhattarai क्यामिन गाविस-१ क्लेस्तीस्थित दोभान अंग्रेजी सेकेण्डरी स्कुलकी कक्षा ४ की विद्यार्थी १० वर्षीया अस्मिता थापाको शिक्षिकाको यातनाको कारण हातले काम गर्न छाडेपछि यातना दिने पीडित परिवारले यातना दिने शिक्षीकालाई कारवाहीको माग गरेको छ । ०७० असोज १२ गते दमौलीमा मानवअधिकारकर्मी तथा पत्रकारहरुलाई भेट गरी पीडित परिवारले यातना दिने शिक्षिकालाई कारवाहीको लागि पहल गर्न अनुरोध गरे । गत असोज ७ गृहकार्य नगरेको भन्दै विद्यालयकी शिक्षिका सरिता गुरुङले दुबै हात पछाडि पट्टबिाट माथि लगेर टाईले बाँध्दा उनको बायाँ हातले काम गर्न छाडेको छ । जनरल नलेज (जीके) विषयको कक्षामा शिक्षिका गुरुङले सोधेको कुरा भन्न नसकेपछि विद्यार्थी थापालाई यातना दिइएको थियो । यसअघि पनि विद्यार्थी थापालाई उक्त शिक्षीकाले विभिन्न किसीमका यातना दिने गरेकी थिईन् । 'शिक्षकहरुले कहिले सबै साथीहरुको अगाडि कपडा खोल्न लगाउँथे अनि कहिले कुटपिट पनि गर्थे' पीडितले भनिन् । यातनाको कारण हात भाँचिएको आशंकामा दमौली र पोखरामा हातको एक्सरे गरेपनि चिकित्सकले हात नभाँचिएको बताएको पीडितकी आमा बुद्धिमायाले बताइन् । तर पनि हात दिनदिनै दुख्न थालेको र चलाउन नहुने पीडित बालिकाले बताइन् । छोरीलाई यातना दिएको बारेमा कुरा गर्न विद्यालय जाँदा विद्यालयका प्रिन्सिपलले उल्टै छोरीको गल्ती भन्दै फिर्ता गरिदिएको पीडितकी आमा बुद्धिमायाले बताइन् । उनले भनिन्, 'छोरीलाई कुटपिट गरेकोमा माफी माग्नुको साटो, उल्टै छोरीको नै गल्ती छ भन्दै फर्काए ।' पीडितकी ठुलीआमा तीलकुमारी थापाले छोरीलाई यस अघि पनि निकै यातना दिने गरेको बताइन् । स्थानीय युवा अगुवा अनिलकुमार श्रेष्ठले उक्त विद्यालयमा यसअघि पनि विद्यार्थीहरुलाई यातना दिने गरेको भन्दै यस पटक यातना दिने विद्यालय र शिक्षिकालाई कारवाही नभए आइन्दा विद्यार्थीहरुलाई झन् बढी यातना दिइने हुन सक्ने बताए । यातना दिने शिक्षकलाई कारवाहीको लागि पहल गर्न अनुरोध गर्दै असोज १२ गते पीडितहरु इन्सेक जिल्ला कार्यालयमा आएका थिए । पीडितकी आमा बुद्धिमायाले आफूहरु यातना दिने शिक्षिकालाई कारवाही र आफ्नो छारीको उपचारको व्यवस्था हुनुपर्ने अडानमा रहेको हुँदा सहयोग गर्न इन्सेक प्रतिनिधिलाई अनुरोध गरेका थिए । यस विषयमा विद्यालयका प्रिन्सिपल सिकिन्द गुरुङलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । पीडित परिवारले पीडकलाई कारवाहीको माग गर्दै असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिने बताएका छन् । प्रकाशचन्द्र भट्टराई

0 Comments