Incident Reports

सैतानले दुख दिएको भन्दै पाष्टरले दिए युवकलाई निर्मम यातना

2018-07-01

Province 1, Taplejung, Sirijangha, Ward 2

ताप्लेजुङको सिरिजंगा गाँउ पालिकामा झारफुक गर्ने निहुँमा इसाइ धर्मका पाष्टरहरुले कुटपिट गर्दा एक युवक विरामी परेका छन । सिरिजंघा गाउँपालिका २ आम्बेगुदिनका २७ वर्षीय प्रविण राईलाई क्रिश्चियनका पास्टरहरुले चर्चमै लगेर यातना दिएको भन्दै पीडित र उनका आफन्तले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा उजुरी दिएका हुन । पाष्टरहरु नरबहादुर तामाङ, डेबिट लिम्बू, देब राई र सृष्टि लिम्बुले राइलाइ चर्चमा लगेर जिउमा सैतान छ यस्लाइ भगाउनु पर्छ भन्दै निर्घात कुटपिट गरेको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ । गत शनिवार चर्चमै यातना दिएपछि राई शख्त विरामी परेका छन । त्यसपछि शरिरमा नीलडाम लागेसँगै बेहोस भएपछि राईलाई पाष्टरहरुले थाहै नदिई उपचारका लागि मोरङको पथरी पु¥याएका थिए । पाष्टरहरुद्धारा कुटिएका राईकी आमाले आम्बेगुदिन प्रहरी चौकीमा उजुरी दिएपछि प्रहरीले पाष्टरहरु डेबिट लिम्बू र देब राईलाई पक्राउ गरेको छ । उनीहरुलाई केहि सार्वजनिक अपराध र कुटपिट विरुद्ध मुद्धा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । पक्राउ परेका पाष्टहरुले मदिराको लत वसेका राईलाई छुटाउने विधि प्रयोग गर्दा निलडाम भएको स्विकार गरेको पनि ताप्लेजुङ प्रहरीले जनाएको छ । पाष्टरहरुले विरामीलाई मोरङ पु¥याएर परिवारको सम्पर्कमा आउन नदिएकाले पनि घट्ना एकसाता ढिला गरी सार्वजनिक भएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Christian Religious Organization
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Panchthar

0 Comments