Incident Reports

गाउँदेखि विस्थापित महिला न्याय माग्दै सदरमुकाम फिदिममा

2018-04-24

Province 1, Panchthar, Miklajung, Ward 5

पाँचथर असार १५ पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्वर–५ कुरुम्बाकी एक महिला विस्थापित भएकी छिन् । स्थानीय चिसापानी पञ्चमी बजारमा कोठा भाडामा लिएर बस्दै आएकी ५५ वर्षिया कृष्णमायाँ लावती बजारका केही मानिसहरुले बारम्बार ज्यान लिने धम्की दिएपछि विस्थापित भएकी हुन् । वैशाख २८ गते कोठा छोडेर न्याय माग्दै सदरमुकाम फिदिम आएकी उनले न्याय पाउन नसकिएको गुनासो गरिन् । जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको करिव एक महिना हुँदा पनि पीडकलाई प्रहरीले पक्राउ नगरेको बताइन् । दिन दुःखीले न्याय नपाइने रहेछ भन्दै दुःखेसो व्यक्त गरिन् । उनीमाथि गत वैशाख ११ गते स्थानीय दुर्गा योङहाङले चिसापानी पञ्चमी बजारमै रहेको युनियन चर्चको छतमा कुटपिट गरेको र इलाका प्रहरी कार्यालय रविमा पीडक र पीडितवीच उपचार खर्च पीडकले बेहोर्ने र आगामी दिनमा कुटपिट र झै–झगडा नगर्ने सर्तमा मिलापत्र गरेर गएपछि बजार छाड्न धम्की आएको बताइन् । उनले सोही ठाउँका चट्याङ लावती,सुजा लावती,सिता लावती,पर्त योङहाङ र दुर्गा योङहाङ विरुद्ध उजुरी दिएकी छिन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख(डिएसपी)बामदेव गौतमले इलाका प्रहरी कार्यालय रविलाई पीडक पक्षलाई झिकाएर छलफल गरी पीडितलाई पुनसर््थापित गराउन निर्देशन दिएको बताए । तर पनि पीडित कृष्णमायाँले भने आफूले असुरक्षित महसुस गरेको बताएकी छिन् । गाउँ फर्किन सुरक्षाको दृष्टिले असहज रहेको पनि बताइन् । उनी अविवाहित महिला हुन् । पीडक पक्ष भनिएकाहरुले भने इलाका प्रहरी कार्यालय रविमा छलफल गर्न चाहेकोले सदरमुकाम फिदिमदेखि पीडितलाई उतै पठाउन भनेको डिएसपी गौतमले बताए । उनले पीडितले असुरक्षित महसुस गरेको भए आवश्यक सुरक्षा प्रवन्ध मिलाउन सकिने पनि बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 01
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 01
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Panchthar

0 Comments

Related Reports