Incident Reports

NSU stages demonstration expressing solidarity with doctor KC in Khalanga

2018-07-15

Karnali, Jumla, Chandannath

Nepali Congress affiliated Nepal Student Union Jumla staged a demonstration in Khalanga expressing solidarity with doctor Govinda KC who is on hunger strike since the past 16 days demanding reform in medical education in Nepal. The demonstration rally held by the NSU cadres passed along District Administration Office and convened before Krishna temple in Khalanga. NSU has vowed to agaitate until doctor KC's demands are fulfilled by the government. चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न माग राख्दै १६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा नेपाल विद्यार्थी संघले जुम्लाको खलंगामा विरोध प्रदर्शन गरेको छ । माथेमा प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत हुनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस लगायतका स्नातक तहका कक्षाहरु सुरु गर्नुपर्ने डा. केसीमा मागमा ऐक्यवद्धता जनाउँदै नेविसंघका केन्द्रिय उपसभापति रामप्रसाद अधिकारी, महामन्त्री कुन्दनराज काफ्ले लगायत जुम्ला नेविसंघका टोलीले विरोध प्रदर्शन गरेको हो । डा. केसीका मागहरु जायज भएकाले तत्काल सरकारले उनको माग सम्बोधन गर्दै उनको जीवनरक्षा गर्नुपर्ने उपसभापति रामप्रसाद अधिकारीले बताए । ‘सरकारले तत्काल वार्ता टोली गठन गरी डा. केसीका मागलाई सम्बोधन गर्नुपर्छ,’ उनले भने । नेविसंघले निषेधित क्षेत्र तोड्दै डा. केसीको आन्दोलनमा समर्थन जनाएका हो । जिल्ला प्रशासन कार्यालयले कार्यालय अगाडिको क्षेत्रलाई निषेधित घोषणा गरेपनि नेविसंघले सो क्षेत्र भित्रै प्रवेश गरेर विरोध र्‍यालि गर्दै खलंगाको कृष्ण मन्दिरमा कोणसभा गरेको थियो । डा. केसीमा मागहरु पुरा नहुँदासम्म नेविसंघ पनि आन्दोलनमा रहने नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments