Incident Reports

चार बालश्रमिकको उद्धार l

2013-09-28

Province 1, Morang, Katahari

Dipen Neupane कटहरी गाविस-१ स्थित जय हनुमान भेनियर प्लाइ उद्योगमा कार्यरत चार जना बालश्रमिकको असोज १२ गते प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, उद्धार हुनेहरूमा भारत घर भएका १५ वर्षीय कामीर आल, १७ वर्षीय वाइद हुसेन, १२ वर्षीय मोजाफर हुसेन, सिजुवा गाविस-३ की १३ वर्षीया गंगा राजवंशी रहेका छन् । उद्धारपछि उनीहरूलाई सिविन हेल्पलाइन विराटनगर पाञ्चाली पठाइएको डीएसपी वीरेन्द्र साहीले बताए । डीएसपी साहीका अनुसार प्रहरीले सो कारखानाका विराटनगर उमनपा-४ निवासी मेनेजर र इश्वर पोखरेल र भारत अररिया दमा- १० निवासी ठेकेदार अब्दुल कुदुसलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य थालेको छ । बालश्रममा लगाएको आरोपमा उनीहरूलाई गिरफ्तार गरिएका हो । अनुसन्धानबाट ती बालबालिकाहरूलाई चार वर्षघिदेखि काममा लगाइएको थियो । ती बालबालिकालाई मासिक ४ हजार पाँच सय रुपियाँ दिने भनी काममा लगाइएको थियो । तर ३ हजार दुई सय रुपियाँमात्र दिएका उद्धार गरिएका बालश्रमिक अब्दुल कुदुमले बताए ।

0 Comments