Incident Reports

दुर्व्यवहारको उजुरी परेपछि शिक्षक निलम्बित

2018-06-27

Province 1, Jhapa, Mechinagar, Ward 5

मेचीनगर-५ स्थित बालकल्याण माविका एक शिक्षकले आफ्नै विद्यालयकी छात्रामाथि दुर्व्यवहार गरेपछि विद्यालयले शिक्षकलाई तत्काल निलम्बन गरेको छ । सो विद्यालयका शिक्षक देबु बानियाँले कक्षा ८ मा अध्ययनरत एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै अभिभावकका तर्फबाट शिक्षक बनियाँविरुद्ध विद्यालयमा उजुरी परेपछि शिक्षक बानियाँलाई तत्काल हाजिर नगराउने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।आफ्नी छोरीलाई दुर्व्यवहार गरेको भन्दै छात्राका बुबाले शिक्षक बानियाँविरुद्ध असार १४ गते उजुरी गरेका थिए । शिक्षक बानियाँले भने आफूबाट केहि कमजोरी भए पनि आरोप लगाइए जस्तो दुर्व्यवहार भने नगरेको बताए ।बानियाँले आफुले कक्षामा छात्रालाई गालि गरेको र त्यही कुरालाई लिएर आफूविरुद्ध उजुरी परेको दावी गरे ।अभिभावकको उजुरी अनुसार शिक्षकलाई कानुनी कारवाहीका लागि प्रक्रिया अगाडी बढाइएको डिएसपी भात्तरैले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Jhapa

0 Comments