Incident Reports

सुस्थ मनस्थितका बालकलाई बाँधेर यातना

2018-06-17

Sudurpashchim, Kanchanpur, Mahakali, Ward 10

महाकाली नगरपालिका -१० मा सुस्थ मनस्थिति भएका एक बालकलाई बाँधेर नग्न बनाई यातना दिईएको छ । यातनाबाट पिडित बालकलाई महाकाली नगरपालिका कार्यालय र रेडक्रसको टोलीले उद्धार गरेको छ । महाकाली नगरपालिका-१० को नेपाल भारत सिमा नजिक एक रुखमा बाँधेर निर्बस्त्र अवस्थामा छाडिएका बालकलाई रेडक्रस कंचनपुर र नगरपालिकाको टोलीले उद्धार गरेको हो । उद्धारपछि बालकलाई आफन्तको जिम्मा लगाइएको उद्धार टोलीले जनाएको छ । बालकलाई घरपरिवारले स्याहार सुसार गर्न नसक्ने भन्दै सधैं रुखमा बाध्ने गरेको स्थानीयले बताए ।
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports
Related Trend Analysis