Incident Reports

चक्कु प्रहार गरेर कैलालीमा १ जनाको हत्या

2018-07-18

Sudurpashchim, Kailali, Gauriganga, Ward 7

(PR) जिल्लाको गौरीगंगा नगरपालिका– ७, महुलियामा चक्कु प्रहार गरेर एक व्यक्तिको हत्या भएको छ । स्थानीय २६ वर्षीय रमेश विकले सामान्य विवादमा २७ वर्षीय मानबहादुर सोमैको चक्कु प्रहार गरेर हत्या गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर घाइते सोमैलाई उपचारका लागि अस्पताल लगिएकोमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीले जानकारी दिए । प्रहरीका अनुसार, साउने संक्रान्तिका दिन डिजे बजाउने क्रममा दुर्इबीच सामान्य विवाद भएको थियो । बुधबार साँझ सोही विषयमा विवाद गर्न मानबहादुर मदिरा सेवन गरेर रमेशको घर पुगेका थिए । सोही क्रममा विवाद बढ्दै जाँदा रमेशले भान्सामा रहेको चक्कु झिकेर मानबहादुरलाई प्रहार गरेको डीएसपी ओलीले जानकारी दिए । प्रहरीले चक्कु प्रहार गर्ने रमेश बिक र उनका बुबा नरबहादुर बिकलाई पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media , Local Newspaper - Kailali , Police website

0 Comments

Related Reports