Incident Reports

बालिकालाई बलात्कार प्रयासको आरोपमा गिरफ्तार l

2013-10-02

Adarsha KC एक छ वर्षीया बालिका बलात्कारको प्रयास गरको आरोपमा खोलागाउँ गाविस-४ सर्केनाका ६७ वर्षीय नरे खत्रीलाई असोज १६ गते प्रहरीले गिरफतार गरेको छ । बालिकालाई ललाई फकाई आसोज ११ गते आफ्नो कोठामा लगेर बलात्कारको प्रयास गरेको भन्दै पीडित परिवारले प्रहरी चौकी खोलागाउको सर्केनामा असोज १५ गते उजुरी गरेका थिए । खत्रीलाई रंगेहात फेला पारीएको बालिकाका आफन्तले बताएका छन् । बालिकाकी ३ वर्षीया बहिनीलाई एक ओटा बेलौती र विस्कुट दिइ घर पठाइ पीडित बालिकालाई बलात्कार गर्न खोज्दा बालिकाकी आमाले भेटाएको बताइन् । छोरी रोइरहेको सुनेपछि खोज्दै जाँदा कोठामा ढोका बन्दा यौन दुर्व्यवहार गरी बलत्कारको प्रयास गरेको पनि पीडित पक्षले दावि गरेको छ । आरोपित खत्रीलाई प्रहरीले सदरमुकाम पुर्‍याएर अनुसन्धान थालेको छ । "भर्खरै अनुसन्धान थालेका छौँ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने अनुसन्धान भइरहेकोले सबै कुरा भन्न नमिल्ने छ अनुसन्धान पुरा भएपछि सबै कुरा बाहीर आउने छ" ।

0 Comments

Related Reports
Related Trend Analysis