Incident Reports

राम्री नभएको आरोपमा पति र ससुराद्वारा महिलामाथि कुटपिट l

2013-10-02

Dipen Neupane राम्री नभएको आरोपमा कदमहा गाविस-५ की २० वर्षीया रुपी खातुनलाई उनका पति २४ वर्षीय रुस्तान मियाँ र ससुरा ६० वर्षीय सहिम मियाँले कुटपिट गरेको भन्दै असोज १६ गते जिल्ला प्रहरी कार्यालयमा पीडितका आफन्तले उजुरी दिएका छन् । उजुरीमा पीडितकी दिदी ३० वर्षीया रजिना खातुनले आरोपितलाई कारबाही गर्न प्रहरीसँग माग गरेकी हुन् । पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भएको उनकी दिदी रजिनाको भनाइ छ । घटनाबारे बुझ्न र आरोपितलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले कर्सिया प्रहरी चौकीलाई पत्राचार गरेको महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख जमुना बस्नेतले बताइन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis