Incident Reports

वडाध्यक्षलाई हातपात गरेको आरोपमा दुईजना गिरफ्तार

2018-07-18

Lumbini, Rukum East, Banfikot, Ward 2

बाँफिकोट गाउँपालिका–२ का वडा अध्यक्ष ५९ वर्षीय धनबहादुर खत्रीलाई हातपात गरेको आरोपमा प्रहरीले आरोपित दुई जनालाई साउन २ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा सोही वडाका ४० वर्षीय रत्नबहादुर नाथ र ५३ वर्षीय लालबहादुर नाथ रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका इन्स्पेक्टर प्रमोद खत्रीले जानकारी दिए । आरोपित दुवै जना एकै घरका दाजुभाइ भएको प्रहरीले जनायो । उनीहरूले मदिरा सेवन गरी वडा अध्यक्षका घरमा गएर हातपात गरेको इन्स्पेक्टर खत्रीले जानकारी दिए । दाइ लालबहादुरलाई साउन १ गते बेलुका नै गिरफ्तार गरेको र भाइ रत्नबहादुरलाई साउन २ गते गिरफ्तार गरिएको हो । घटनाको विस्तृत कारणबारे सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports