Incident Reports

जिल्ला शिक्षा अधिकारीद्वारा सञ्चारकर्मीमाथि दुर्व्यवहार l

2013-10-02

Kali Bahadur Malla ओदानकु गाविस-४ निवासी नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कालिकोटका उपाध्यक्ष तथा शैक्षिक पत्रिका इपेज संवाददाता ४० वर्षीय देउलासिंह ठकुरीलाई कालिकोटका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले अभद्र व्यवहार गरेको ठकुरीले आरोप लगाएका छन् । जिल्ला शिक्षा कार्यलयको आयोजना र किर्डाकको समन्वयमा सञ्चालन गरिएको दुईदिने पाँच वर्ष शैक्षिक रणनीति योजना तर्जुमा गोष्ठीको समाचार सङ्कलनका लागि असोज १४ गते कार्यक्रम स्थल किर्डाकको सभाहलमा पुगेका ठकुरीलाई जिशिअ तिवारीले 'तँ को होस ? यहाँ किन आइस, कसले बोलाएको हो ? निस्की' भन्दै गाली गरेको सञ्चारकर्मी ठकुरीले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ कालिकोट जिल्ला शाखा अध्यक्ष कालीबहादुर मल्लले असोज १५ गते विज्ञप्ति प्रकाशित गर्दै सञ्चारकर्मीलाई अभद्र व्यवहार गरिएको प्रति आपत्ति जनाएका छन् । आम नागरिकलाई सुसूचित गर्ने उद्देश्यकासाथ कार्यक्रममा पुगेका सञ्चारकर्मीलाई दुर्व्यवहार गर्ने तिवारीको व्यवहारप्रति खेद प्रकट गर्दै उनलाई यथासिघ्र कारबाही प्रकृया अगाडि बढाउन सम्बन्धित मन्त्रालय र स्थानीय प्रशासनसँग नेपाल पत्रकार महासङ्घ कालिकोटले माग गरेको छ । जिल्ला शिक्षा अधिकारी तिवारीलाई सम्पर्क गर्दा यस विषयमा केही नबोल्ने बताए । कालीबहादुर मल्ल

0 Comments