Incident Reports

कानुन हातमा लिएपछि : गाउँलेको कुटपिटबाट दुई झाँक्रीको मृत्यु

2018-07-21

Bagmati, Dhading, Gangajamuna

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट आज बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ । झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो । गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा खबर आएपछि शनिबार साँझ घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्दछ । वर्षाका कारण सदरमुकामबाट प्रहरी टोली घटनास्थल पुग्न लामो समय लाग्ने भएकाले सोही गाउँपालिकाको फूलखर्क प्रहरी चौकी र खनियावास गाउँपालिकाको दार्खा इलाका प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी सो क्षेत्रमा गएको र थप विवरण नआएको प्रहरी उपरीक्षक विकले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 2
National/Online Media , INSEC , Local Newspaper - Chitwan

0 Comments

Related Reports