Incident Reports

बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा l

2013-10-10

Province 1, Sankhuwasabha, Dharmadevi

Chhetu Sherpa एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका आँखिभुई गाविस-२ का २४ वर्षीय मुकुन्द बिकलाई जिल्ला अदालतले पुर्पक्षका लागि असोज १६ गते जिल्ला कारागारमा थुनामा राख्ने आदेश दिएको छ । आरोपितले आफूलाई भदौ २५ गते बलात्कार गरेको भन्दै पीडितले भदौ २८ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएकी थिइन् । प्रहरीले आरोपितलाई भदौ २९ गते गिरफ्तार गरी भदौ ३० गते जबर्जस्तीकरणी महलमा मुद्दा दर्ता गरेको थियो । घटना भदौ २५ गते भए पनि गाउँमै मिलाउन प्रयास भएको थियो । पीडितपक्षले ठूलो रकम माग गरेपछि घटना मिलापत्र भएन । आरोपितले आफूलाई विवाह गर्ने भनी घर लैजाने क्रममा बलात्कार गरी बाटोमै छाडेर भागेको पीडितले बताइन् । पीडितको भदौ २८ गते प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनायो । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis