Incident Reports

No translation available.

2013-10-01

Sudurpashchim, Kailali, Joshipur

Sur Bahadur Pariyar एक ३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जोशीपुर गाविस-३ रामनगरका ३० वर्षीय तिलकराम चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले गिरफ्तार गरेको छ । पीडित महिला घरमा सुतिरहेको अवस्थामा तिलकरामले असोज १३ गते राती बलात्कार गरेको आरोपमा प्रहरीले आरोपितलाई असोज १५ गते घरबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मुद्दा शाखाले जानकारी दियो । हाल पीडक भनिएका चौधरीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनायो । पीडितको स्वास्थ्य परीक्षण असोज १४ गते टीकापुर अस्पतालमा भएको थियो । पीडित महिलाले आफूलाई बलात्कार भएको भन्दै असोज १४ गते इलाका प्रहरी कार्यालय भजनीमा चौधरीका विरुद्धमा जाहेरी दिएकी थिइन । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis