Incident Reports

यौन प्रस्ताव अस्वीकार गरेपछि ६९ वर्षीया बृद्धाको हत्या

2018-07-21

Lumbini, Gulmi, Chandrakot, Ward 4

(PR) यौन सम्पर्कको प्रस्ताव अस्वीकार गरेको भन्दै गुल्मीमा ६९ वर्षीया बुद्धाको हत्या भएको खुलेको छ । यौन प्रस्ताव अस्वीकार गरेपछि चन्द्रकोट गाउँपालिका-४ शान्तिपुर, डाँडा वनका ४२ वर्षीय गोकुल सार्कीले सोही ठाउँकी एक बृद्धाको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनुरागकुमार द्धिबेदीले बताए । यही साउन ४ गते साँझ ७ वजे मदिराको मातमा गोकुलले बृद्धासँग यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार भएपछि बृद्धालाई मुक्का प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक द्धिबेदीको भनाइ छ । प्रहरी नियन्त्रणमा रहेका गोकुलले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि कन्चट र छातीमा मुक्का प्रहार गरी बृद्धाको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । घटनाबारे थप अनुसन्धान प्रकृया अगाडि बढाइएको एसपी द्धिवेद्धीले जानकारी दिए । मृतक बृद्धाका ३ छोरी र १ छोरा छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC , Police website

0 Comments