Incident Reports

मानव वेचबिखन घटनाका आरोपित गिरफ्तार

2018-07-23

४१ वर्षीया महिलालाई वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै इराक लैजाने लागेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१८ की ४५ वर्षीया ज्ञानु लामा, सिन्धुपाल्चोक जिल्ला फुल्पिङडाडा-५ की ४२ वर्षीय मीरा तामाङ र काठमाडौँ जिल्ला कपन-६ का ३७ वर्षीय रत्न लामालाई साउन ६ गते बेलुका हेटौडा उपमहानगरपालिका-७ कमानेबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई ललाइफकाई गरेर भारत हुँदै विदेशमा लगेर विक्री गर्न खोजेको आरोपमा प्रहरीले उक्त घटनाको मुख्य योजनाकार काठमाडौँ जिल्ला गोकर्णेश्वर नपा-५ की ३० वर्षीया डोल्मा लामालाई साउन ४ गते नै काठमाडौँमा गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएका लामालाई हेटौँडा ल्याएर म्याद थप गरेर अनुसन्धान गर्ने क्रममा लामाले उक्त घटनामा ज्ञानु, मिरा र रत्न लामा पनि सङ्लग्न रहेको बयान दिएपछि प्रहरीले थप तीन जनालाई गिरफ्तार गरेको हो । आरोपित उनीहरुलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले ६ दिनको म्याद थप गरेको छ । महिलालाई इराकमा जागिर लगाइदिन्छु भनेर ललाइफकाई गरेर ०७५ असार ३१ गते भैरहवा हुँदै भारततर्फलगिरहेको अवस्थामा एक गैरसरकारी संस्थाले फेला पारेर उक्त संस्था र प्रहरीले महिलालाई हेटौँडा ल्याएर साउन १ गते अभिभावकको जिम्मा लगाएको थियो । डोल्माले ५५ हजार रुपियाँ लिएर भारतको दिल्ली हुँदै इराक पठाउन लागेकी थिइन् । भैरहवाबाट घर फर्काइएकी पीडित महिलाले जिल्ला प्रहरी कार्यालय हेटौँडामा ०७५ साउन ३ गते उजुरी दिएकी थिइन् ।

0 Comments