Incident Reports

मानसिक यातना दिएको भन्दै पति विरुद्ध प्रहरीमा उजुरी l

2013-10-04

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling दिक्तेल गाविस-५ की ३५ वर्षीय सन्तोषी राईले शारीरिक तथा मानसिक यातना दिने पति ४७ वर्षीय उदयविक्रम राईलाई कानुनी कारबाहीको माग गर्दै असोज १८ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएकी छन् । ०५८ सालमा आफूहरूको सामाजिक परम्परा अनुसार विवाह भएको भए पतिले बारम्बार आफूलाई मानसिक यातना दिदै कुटपिट गर्ने गरेको पीडितको उजुरीमा उल्लेख छ । उनीहरुको १२ वर्षो छोरा छ । पतिले आफूलाई यातना र कुटपिट गर्नुको कारणबारे आफूलाई केही थाहा नभएको र पछिल्लो समय असोज १७ गते कुटपिट गरी शारीरिक यातना दिएको पीडितले बताईन् । जिल्ला प्रहरी कार्यालय दिक्तेल मुद्दा शाखाका सही यादव गौतमले पीडितको उजुरीको आधारमा आरोपितलाई झिकाई दुवैपक्षबीच छलफल गराईने बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis