Incident Reports

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

2018-07-24

Lumbini, Rupandehi, Siddharthanagar

२१ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा साना हातसँगको सहकार्यमा प्रहरीले बेलहिया नाकाबाट साउन ८ गते दिउँसो उद्दार गरेको छ भने तीन जना आरोपितलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा रुपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिका-१ का २३ वर्षीय सर्वेश कहार, सोही ठाउँकै २० वर्षीय टेगाने भन्ने सन्दिप कहार र २६ वर्षीय राजमन लोधलाई साउन ८ गते आरोपितको घरबाटै गिरफ्तार गरेको छ । पीडित महिलाहरूलाई आरोपितले राम्रो जागिर लगाइदिने र कमाई राम्रो हुने भनी ललाईफकाई बेचबिखनका लागि लैजान लागेको आरोपमा युवतीको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी कुमोध ढुङ्गेलले बताए । आरोपितविरूद्ध साउन ८ गते नै मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी उजुरी दर्ता गरी कारबाही अगाडि बढाइएको डिएसपी ढुङ्गेलले बताए ।

0 Comments