Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-07-23

Sudurpashchim, Kanchanpur, Punarbas, Ward 7

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुनर्वास नपा-७ का ३५ वर्षीय नरेश रानालाई साउन ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ८ गते इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीको हिरासत कक्षमा राखिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण सेती अञ्चल अस्पताल, धनगढीमा साउन ८ गते भएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Kailali

0 Comments