Incident Reports

भाउजुको हत्या गरेको आरोपमा देवरसहित तीन जना गिरफ्तार [Updated]

2018-06-14

Madhes, Saptari, Rajbiraj

राजविराज नपा–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरेको आरोपमा प्रहरीले मृतककी ३१ देउरानी वर्षीया प्रमीलादेवी साहलाई साउन १२ गते गिरफ्तार गरेको छ । मृतकका बुवा छिन्नमस्ता गाउँपालिका–६ खुदीभखारीका ४२ वर्षीय रामकुमार साहले प्रमीलासमेतविद्ध असार ६ गते दिएको कर्तव्य ज्यानको किटानी उजुरी जिल्ला प्रहरी कार्यालयले असार २९ गते दर्ता गरेको थियो । हत्या गरेर शौचालयको सेफ्टी ट्याङ्कीमा फालिएकी गर्भवती बेचनीदेवी साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका ३५ वर्षीय देवर मुर्जा भनिने पञ्चदेव साह, सोही ठाउँका २४ वर्षीय धर्मेन्द्र साह र ५२ वर्षीय थापा भनिने जिवछ साहलाई गिरफ्तार गरिसकेको र अन्य आरोपितहरूको खोजी भइरहेको जिल्ला पञ्हरी कार्यालयका डिएसपी भावेश रिमालले बताए । मृतकको सडेगलेको शव उनकै घरको उत्तरतर्फ रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा जेठ ३१ गते फेला परेपछि शवको पोष्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १ गते गरिएको छ । मृतकका पति सुर्यनारायण साह र दुई वर्षीया छोरी प्रतिभा समेत जेठ २७ गतेदेखि बेपत्ता छन् । भारतबाट २४ वर्षपछि घर फर्केका मृतकका पति सुर्यनारायणको नागरिकता बनाई दिएमा अंश दिनुपर्छ भनी देवर, देउरानीले नागरिकता बनाउन अवरोध गरिरहेकोमा गाउँलेहरूको दबाबपछि साउन २ गते नागरिकता बनाइ दिने सहमति भएकाले सोही कारण हत्या गरेको मृतकका बुवा रामकुमारको आरोप छ । छोरीको शव फेला परेपनि ज्वाँई र नातिनी हालसम्म फेला नपरेपछि उनिहरूको पनि हत्या भएको हुनसक्ने उनको आशङ्का छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments