Incident Reports

बोक्सी भन्दै कुटपिट गर्ने आरोपित धरौटीमा रिहा l

2013-10-04

Madhes, Saptari, Belhi Chapena

१० हजार धरौटीमा असोज १८ गते रिहा गरेको छ । जिल्ला अदालतका अतिरिक्त न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले सो फैसला गरेको अदालतका शाखा अधिकृत गोबिन्द देवकोटाले बताए । घटनामा फरार आरोपित मलेकपुर गाविस-७ मुसहर्नियाका ४१ वर्षीय हरिकान्त मण्डल र ३८ वर्षीय उमाकान्त मण्डलविरुद्ध अदालतले वारेण्ट पुर्जी काटेको छ । प्रहरी वेस क्याम्प पत्थरगाढाले आरोपित रामसुन्दरलाई भदौ ३१ गते राति गिरफ्तार गरेको थियो । पीडितपक्षले असोज १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । हरिकान्तको छोरी १५ वर्षीया सन्जना लगातार बिरामी परेपछि आरोपितहरूले बोक्सीको दोष लगाउँदै भदौ ३१ गते राति ९ बजे घरमा सुतिरहेको अवस्थामा कपालमा समाएर घिसार्दै कुटपिट गरेको पीडितको उजुरीमा उल्लेख छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis