Incident Reports

यी हुन्, चेलिबेटी बेच्ने दलाल ‘जसले भारतमा १ सय ५० महिला बन्धक बनाएका छन्’

2018-07-26

Bagmati, Kathmandu, Kathmandu

नेपाली महिलालाई कुवेत लैजाने भन्दै भारतको बनारसमा बन्धक बनाउने मध्येका एक सन्दिप महतोलाई प्रहरीले फोटोको आधारमा खोजी गरिरहेको छ । ७ दिन बनारसमा बन्धक बनेर फर्किएका मधुवन नगरपालिकाका २ महिलाले दिएको उजुरीका आधारमा प्रहरीले खोजी गरिरहेको हो । यिनले भारतमा १ सय ५० जना महिला बन्धक बनाएको भागेर आएका महिलाको बयानका आधारमा प्रहरीले जनाएको छ । ‘दलालको नाम ठेगाना यहि हो भन्ने पुष्टि भएको छैन’ बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले भन्नुभयो–‘पीडित महिलाहरुले दिएको उजुरी र फोटोको आधारमा खोजी भइरहेको छ ।’ विभिन्न प्रलोभनमा पारी महिलालाई बेच्ने दलालको फोटोको आधारमा खोज्न समस्या भइरहेको प्रहरीको भनाइ छ । पीडित महिलालाई दलालले बताएको नाम ठेगाना सही हो या होईन भन्ने आधिकारिक पुष्टि नहुँदा खोजी तथा उद्धार कार्यले देखिने गरी सफलता नपाएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको बताउनुभयो । नेपाली महिलालाई बन्धन बनाइएको घरबाट दलालहरुले नेपाली टोली पुग्नु अघि नै अन्य स्थानमा स्थानान्तरण गरिसकेका कारण उद्धारका लागि पुगेको नेपाली भारतको बनारसबाट खाली हात फर्किनु परेको थियो । उक्त विषयमा भारतीय प्रहरीसँग दिनहुँ सम्पर्क भइरहेको प्रशासनको दावी छ । यसैबीच दलालहरुले बाहिर लैजान सक्ने भन्दै बनारसको लालबहादुर शास्त्री अन्तराष्ट्रिय विमानस्थलबाट पर्यटक भिसा दिन केही समयलाई बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गको भनाइ छ । ‘यो पनि खोज तथा उद्धारको लागि राम्रै उपलब्धि हो’ उँहाले भन्नुभयो ‘दलाल पक्रन र पीडित अन्य महिलाको उद्धारको लागि प्रशासन निरन्तर लागि रहेको छ ।’

0 Comments