Incident Reports

अज्ञात पक्षबाट एक बालिकाको बलात्कार पश्चात हत्या

2018-07-26

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 18

भीमदत्त नपा–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तलाई साउन ११ गते अज्ञात पक्षले बलात्कार पश्चात हत्या गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । साउन १० गते मध्यान्ह १२ बजेतिर घरबाट साथीको घर जान भनेर निस्केकी निर्मला साँझसम्म घर नफर्किएपछि परिवारले खोजतलास गरेको थियो । रातिसम्म फेला नपरेकी उनको शव साउन ११ गते फेला परेको हो । साउन ११ गते बिहान सडक नजिकै खोला किनारमा साइकल र किताबकापी फेला परेपछि नजिकै खोजतलास गर्ने क्रममा खोलापारी रहेको उखुबारी भित्र बलात्कार पश्चात हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको जनाइएको छ । बाालिकाको शव पोष्टर्माटमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनायो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर सेठीले घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न भएको आरोपमा एक जनालाई गिरफ्तार गरिएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments