Incident Reports

अप्रेसन गर्न ल्याएकी महिलामाथि डाक्टरको कुदृष्टि l

2013-10-06

अस्पताल, जहाँ उपचार गरेर जाती भइ फर्किने विश्वास बिरामीको हुन्छ। यो संवेदनशील स्थलमा बिरामी कति सुरक्षित छन्? शनिबार विराटनगरमा भएको एउटा घटनाले बिरामीप्रति डाक्टरले गरेको क्रुरता उदांगो पारेको छ। झापा शनिश्चरे–८ की ३८ वर्षीया विश्वकर्मा थरीकी महिला साँझ नोबेल अस्पताल भर्ना भइन्। पित्तथैलीमा पत्थरी भएर भर्ना भएकी उनलाई आइतबार अप्रेसन गर्ने चाँजोपाँजो मिलाइँदै थियो। सर्जिकल वार्डको ४९ नम्बर बेड । त्यहाँ उनलाई अप्रेसनपूर्व आवश्यक उपचारका निम्ति राखिएको थियो । डाक्टर नर्सले बेला–बेला रेखदेख गरिरहेकै थिए । नोबेल अस्पतालका जनसम्पर्क अधिकारी नारायण दाहालले पीडक डाक्टरलाई सेवाबाट हटाएर अस्पतालले कारबाही गरेको र बाँकी कानुनी कारबाही प्रहरीबाट हुने बताए। ‘यस्तो घटना हाम्रो अस्पतालमा कहिल्यै भएको थिएन,’ दाहालले भने। दलित अधिकारकर्मी उमेश विश्वकर्माले अमानवीय कार्य गर्ने डाक्टरलाई कडा कारबाही गर्न आफूले पनि सहयोग गरिरहेको जनाए।

0 Comments

Related Reports
Related Trend Analysis