Incident Reports

हत्या, अपहरणका आरोपित गिरफ्तार l

2013-10-08

Madhes, Saptari, Chhinnamasta

Manohar Pokharel लौनिया गाविस-१ का मनिष भनिने ४५ वर्षीय मुनेश्वर मण्डललाई हत्या, अपहरण र आगजनीको आरोपमा प्रहरीले असोज २० गते राति गिरफ्तार गरेको छ । प्रहरीको सर्वाधिक खोजीमा रहेका मण्डललाई भारतीय प्रहरीको सहयोगमा भारतको विहार राज्यको निर्मलीप्रखण्डस्थित हरियाही भन्ने गाउँबाट गिरफ्तार गरिएको एसपी दिनेश अमात्यले जानकारी दिए । संविधानसभा निर्वाचन विरुद्ध सशक्त प्रतिरोध सङ्घर्ष गर्ने घोषणा गरी जयकृष्ण गोइतको अखिल तराई मुक्ति मोर्चासँग कार्यगत एकता गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह समूह) का सप्तरी जिल्ला इन्चार्ज मण्डल निर्वाचन बिथोल्ने जिम्मेवारी अनुरुप पूर्व क्षेत्रमा खटिएको प्रहरीको दावी छ । प्रहरीका अनुसार मण्डलले ०६६ चैत ३१ गते लौनिया गाविस-१ का २५ वर्षीय शैलेश मण्डलको अपहरण पश्चात गोली हानी हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालयका एसपी अमात्यका अनुसार मण्डलमाथि अपहरणको चार ओटा र सार्वजनिक बसमा आगजनी गरेको एक ओटा मुद्दाबारे अनुसन्धान भइरहेको छ । गिरफ्तार भएका मुनेश्वरले तीन वर्षअघि ज्वाला सिंह नेतृत्वको मोर्चा परित्याग गरी भगत सिंह नेतृत्वको मोर्चामा आवद्ध रहको र आफ्नो मोर्चाले सरकारसँग वार्ता गरी २१ महिना अघि हतियार बुझाएको बताए । भारतको विहार राज्यअन्तर्गत निर्मली प्रखण्डको हरियाही ग्राम पञ्चायतस्थित ससुराली घरमा आराम गरिरहेका बेला भारतीय प्रहरीहरूले गिरफ्तार गरी नेपाल प्रहरीलाई बुझाएको आरोपितले बताए । मनोहर पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis