Incident Reports

बालबालिकाको हकअधिकार सुरक्षित गर्न दलहरूको प्रतिबद्धता l

2013-10-08

प्रकाशशरण महतले बालअधिकारको पहिलो आधारभूत अधिकार शिक्षामा लगानी बढाउने र वृत्ति विकासका लागि पार्टीको घोषणापत्रमै उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गरे । एनेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आफ्नो बालबालिकाको राम्रो शिक्षाको चाहना हुँदाहुँदै पनि गरिबी बाधक बनेको औँल्याउँदै आर्थिक उपार्जनका कार्यक्रममा केन्द्रित हुनुपर्ने विचार राखेका थिए । राप्रपाका प्रवक्ता ठाकुरप्रसाद शर्मा, तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र मिश्र, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का सचिव रवीन्द्र ठाकुरलगायतले आसन्न संविधानसभाको निर्वाचनको प्रचारमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले ०५२ देखि ११ वर्षचलेको सशस्त्र द्वन्द्वले बालबालिकाको बाँच्न पाउने, विकास र सहभागिताको अधिकार कुण्ठित गरेसँगै राजनीतिक अस्थिरताले अहिलेसम्म उचित वातावरण बन्न नसकेको औँल्याए । उनले बालबालिकाको वर्तमान र भविष्य सुरक्षित र सुनिश्चित गर्न प्रत्येक घर परिवार, समुदाय र सरकार गम्भीर बन्न नसकेको आरोप लगाए ।

0 Comments