Incident Reports

बाबुले गरे निदाइरहेको छोराको घाँटी काटेर हत्या

2018-07-31

Bagmati, Bhaktapur, Madhyapur Thimi, Ward 1

मोरङ सुनवर्षा नगरपालिका वडा नं १ घर भई लोकन्थली रमाइलो चोकमा डेरामा बस्दै आएका ४० वर्षीय डिल्लीराम चापागाईले मध्यराति आफ्नै छोराको हत्या गरेका छन् । चापागाईँले श्रीमती र छोरी निदाई सकेपछि रातिको ११ः५५ बजे मासु काट्न प्रयोग हुने चुप्पीले निदाइरहेका आफ्नै १७ वर्षीय छोरा सागर चापागाइको घाँटीमा हानेर हत्या गरेका हुन् । प्रहरीका अनुसार मंगलबार राति घरमा झगडा परेको थियो । यसअघि पनि विभिन्न वाहनामा श्रीमतीसँग चापागाईँको झगडा भैरहन्थ्यो । चुप्पीले हानेर छोराको हत्या गरेपछि चापागाईँ कोठाबाट भागेका थिए । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार प्रहरीले चापागाईँलाई कोटेश्वरतर्फ भाग्दै गर्दा पक्राउ गरेको थियो । चापागाईँलाई प्रहरी वृत्त थिमीमा राखेर घटनाको थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक पाेखरेलले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Police website , INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Jhapa

0 Comments

Related Reports