Incident Reports

नेकपा-माओवादीको आक्रमणमा एमाले कार्यकर्ता घाइते l

2013-10-14

Raju Shakya संविधानसभा निर्वाचनका लागि उमेदवारको प्रचारप्रसारमा गएका नेकपा एमालेका कार्यकर्ता खङ्लगा गाविस-६ रिसाङ्गका २६ वर्षीय कर्णबहादुर विष्ट, सोही ठाउँका २४ वर्षीय मोहन थापा र २७ वर्षीय नरबहादुर पुनलाई असोज २७ गते दिउँसो खंलगा गाविस-६ बाहुनथाना निवासी नेकपा-माओवादीका जनस्वयम सेवक सङ्का जिल्ला सदस्य ३३ वर्षीय पृथीबहादुर सिंङको नेतृत्वमा १०/१५ जनाको टोलीले बाहुनथाना गाउँमा आक्रमण गरी घाइते बनाए । नेकपा-माओवादीले निर्वाचन बहिष्कारको नीति लिइरहेको अवस्थामा गाउँमा निर्वाचनको प्रचारप्रसार गर्न किन आएको भन्दै रड र लठ्ठीसहित आएका नेकपा-माओवादीका कार्यकर्ताले एक्कासी आक्रमण गर्दा एमालेका कार्यकर्ता घाइते भएको एमाले केन्द्रीय प्रतिनिधि परिषद सदस्य भैरवसुन्दर श्रेष्ठले जानकारी दिए । एमालेका ६/७ जनाको समूह निर्वाचन प्रचारप्रसारका लागि बाहुनथाना गाउँमा गएको एमाले जाजरकोटले जनाएको छ । आक्रमणको प्रतिकार गर्दा एमाले कार्यकर्ताबाट नेकपा-माओवादीका जनस्वयम सेवक सङ्का जिल्ला सदस्य ३३ वर्षीय पृथीबहादुर सिंङपनि घाइते भएका छन् । घाइतेहरूको स्थानीय औषधी पसलमा उपचार भइरहेको छ । नेकपा-माओवादीका कार्यकर्ताले निर्वाचनको प्रचारप्रसार गर्न नआउनु भनि घटना हुनुअघि धम्की समेत दिएको एमालेले आरोप लगाएको छ । नेकपा-माओवादीका कार्यकर्ताले सोहीदिन एकीकृत माओवादीका कार्यकर्तालाईपनि उक्त गाउँमा प्रचारप्रसारमा रोक लगाएको एकीकृत माओवादीका भेरी कर्णाली राज्य समिति सदस्य कालिबहादुर मल्लले जानकारी दिए । पार्टीले निर्वाचन बहिष्कारको रणनीति लिएको कारण कार्यकर्ताहरूले प्रतिकार गरेको हुन सक्ने नेकपा-माओवादी जाजरकोटका कार्यालय सचिव प्रताप जैसीले प्रतिकृया दिए । राजु शाक्य

0 Comments

Related Reports
Related Trend Analysis