Incident Reports

प्रेमिका हत्याका आरोपी पुर्पक्षमा

2018-07-24

Gandaki, Myagdi, Beni, Ward 9

गर्भवती प्रेमिकालाई गाडीसहित नदीमा खसालेर हत्या गरेको आरोपमा पक्राउ परेका चालक पुर्पक्षका लागि कारागार चलान भएका छन्। बेनी ९ काउलेगौंडाका ३१ वर्षीय रवि भनिने इन्द्रबहादुर खडकालाई बुधबार थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले थुनामा राख्न आदेश गरेको हो । गत असार १४ मा अन्नपूर्ण गाउँपालिका ७ घराम्दीबाट २० वर्षीया गर्भवती प्रेमिका सविता नेपालीलाई लु२च २४५४ नम्बरको बोलेरो जिपमा चढाएर खडका बेनी फिर्दै थिए । बेनी–जोमसोम सडकमा पर्ने रघुगंगा गाउँपालिका १ तिप्ल्याङ नजिकै जिप कालीगण्डकी नदीमा खसेर हराएको थियो । चालक खडकाले जानाजान दुर्घटना गराएर नेपालीको हत्या गरेको आरोप छ । दुर्घटना भएको र आफू पौडिएर बाँचेको खडकाले दाबी गरे पनि नेपालीको अवस्था अझै अज्ञात छ । घटनाको एक सातापछि पक्राउ परेका खडकाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports