Incident Reports

एकीकृत नेकपा माओवादी र काङ्ग्रेस कार्यकर्ता बीच झडप l

2013-10-12

Lumbini, Bardiya, Rajapur

Man Bahadur Chaudhary राजापुर गाविस-३ मोरैयामा असोज २६ गते राति एकीकृत नेकपा माओवादी र काङ्ग्रेस कार्यकर्ता बीच झडप हुँदा दुई जना घाइते भएका छन् । चुनाव प्रचार गर्न गएका एमाओवादी र काङ्ग्रेस कार्यकर्ता बीच विवाद हुँदा झडप भएको थियो । टाउँकामा धारिलो हतियार प्रहारबाट घाइते भएका काङ्ग्रेस कार्यकर्ता राजापुर गाविस-३ मोरैयाका ज्योतिविक्रम थारु र गणेशप्रसाद थारुलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गरी थप उपचार जिल्ला अस्पताल गुलरियामा गरिएको छ । स्थानीय स्रोतका अनुसार रातको समयमा नेपाली काङ्ग्रेस पार्टी कार्यकर्ताले एमाओवादी पार्टीको कार्यकर्ताको घरमा चनावी प्रचारको क्रममा भोट माग्न जाँदा विवाद भएको थियो । विवादपछि वाईसीएल कार्यकर्ता हतियार सहित आएपछि दुई समूह बीच झडप भएको थियो । यस घटनाको बारेका के भएको हो भन्ने यथार्थ जानकारी आफ्नो स्थानीय समितिसंग माग गरेको बताउँदै नेपाली काङ्ग्रेस बर्दियाका सभापति सञ्जय गौतमले घटनाको बारेमा वास्तविक पत्ता लगाएर जानकारी दिने भन्दै केही बोल्न चाहेनन् । एकिकृति नेकपा माओवादी पार्टी बर्दियाका जिल्ला संयोजक दुर्गा थारुले राति सुतिरहेको अवस्थामा राजापुर गाविस कमिटीका सदस्य मसालको घरमा मादक पदार्थ सेवन गरेका मानिसहरू आएर ढोकामा हान्दै गालीगलौज गरेको र पछि मसालले प्रहरी र आफ्ना साथीहरूलाई फोन मार्फत जानकारी गराएपछि सामान्य झडप भएको बताए । अहिले घटनाको बारेमा आफसमा बसेर दुवै पक्ष संयमित भएर अगाडि बढ्ने र थप घटना हुन नदिन सचेत रहेन सहमति भएको बताए । इलाका प्रहरी कार्यालय राजापुरका इन्स्पेक्टर राजु थापाले घटना मादक पदार्थ सेवन गरेका व्यक्ति बीच भएको जानकारी दिए । चार्डपर्वको बेला नै चुनावको प्रचारप्रसारको समय परेकोले घटनाले राजनितिक रुप देखिएको बताए । साथै असोज २७ गते इलाका प्रहरी कार्यालय राजापुरमा घटनामा संलग्न पक्ष साथै नेपाली काङ्ग्रेस र एमाओवादी नेताहरूको उपस्थितिमा थप यस किसिमका घटना हुन नदेने सहमति भएको पनि इन्स्पेक्टर थापाले बताए । मानबहादुर चौधरी

0 Comments

Related Reports
Related Trend Analysis