Incident Reports

दलित भएकै कारण जागिरबाट निकालेको भन्दै प्रअमाथि कारबाहीको माग

2018-08-03

Province 1, Khotang, Rupakot Majhuwagadhi

RSS दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै विद्यालयका प्रधानाध्यापक माथि कारबाहीको माग गरेका छन्। दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत् कार्यालय सहयोगी विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष यस्तो माग गरेका हुन्। उनीहरुले बुझाएको ज्ञापनपत्रमा विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्यापक ललितकुमार बस्नेतले आफूलाई दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकालेकोले आवश्यक कारर्वाही गर्न माग गरिएको छ। 'रोशन सर र ललित सरले मैले पकाएको चिया र तातोपानीसमेत खानुहुदैन्थ्यो।' उहाँहरू दुवैलाई जातीय विभेदसम्बन्धी कारबाही गरिदिनुपर्‍यो।' ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले दुवै पक्षलाई राखेर समस्या समाधान गर्ने बताए ‘विश्वकर्मामाथि जातीय विभेद भएको देखिन्छ, 'उनले भने, ' घटना गम्भीर भएकाले थप अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारीमा छौं।' लामो समयदेखि सो विद्यालयमा कार्यालय सहयोगीको काम गर्दै आएका विश्वकर्मालाई गत जेठ २७ गतेबाट हटाइएको ज्ञापनपत्रमा उल्लेख छ। विश्वकर्मालाई हटाएलगत्तै उनीहरुको ठाउँमा विद्यालयले अर्का व्यक्ति नियुक्त गरेको पाइएको छ। आफूलाई हटाएर अर्का व्यक्तिलाई राखेको थाहा पाएपछि विद्यालयमा बुझ्न जाँदा उल्टै हप्काएको गुनासो समेत गरेका छन्। रासस

0 Comments

Related Reports
Related Trend Analysis