Incident Reports

म्यादी प्रहरी भर्नामा आएकी महिला प्रहरीद्वारा बलात्कृत l

2013-10-09

Manohar Kumar Pokharel एक २३ वर्षीया महिलालाई रुपनगर गाविस-८ रघुनाथपुर निवासी जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान २६ वर्षीय राजेश्वर सरदार, बदगामा गाविस-३ निवासी नेपाल टेलिकम राजविराजका सुरक्षा गार्ड २४ वर्षीय चुनचुन भन्ने राजनारायण यादव, रुपनगर गाविस-९ निवासी म्यादी प्रहरीमा भर्ना भएका २३ वर्षीय बालेश्वर सरदार समेत चारजनाले असोज २३ गते राति राजविराज नपा-१ स्थित नेपाल टेलिकमको कार्यालयमा बलात्कार गरेका छन् । म्यादी प्रहरीमा भर्ना हुन आएकी महिलालाई होटल लजमा बस्न नदिई टेलिकमको कार्यालयमा ल्याई बलात्कार गरेको पीडितले प्रहरीमा उजुरी दिएकी छन् । प्रहरी जवान राजेश्वर सरदारले इन्स्पेक्टर र सुरक्षा गार्ड यादवले टेलिकमको सुब्बा हुँ भन्दै म्यादी प्रहरीमा लगाई दिने आश्वासन दिई नेपाल टेलिकमको कार्यालयमा ल्याएर बलात्कार गरेको पीडितले बताएकी छन् । आरोपितले कार्यालयको क्वाटरमा परिवारसँगै बस्न भनेपछि विश्वास गरी अन्य दुई जना महिलासँग बास बस्न आएकोमा अन्य दुई महिला भाग्न सफल भएको र आफूलाई नियन्त्रणमा लिई बलात्कार गरेको उनले प्रहरीमा बयान दिएकी छन् । असोज २३ गते राति १० बजे रुँदै टेलिकम कार्यालयबाट निस्किएकी पीडितलाई म्यादी प्रहरीको परिणाम टाँस्न जिल्ला प्रशासन कार्यालय पुगेको सई श्याम सुवेदीको प्रहरी टोलीले सोधपुछ गर्दा पीडितले बलात्कृत भएको बताएकी थिइन् । बलात्कारको आरोपमा प्रहरीले असोज २४ गते राजेश्वर, राजनारायण र बालेश्वरलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको छ भने आरोपित एकजना फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय यादवका अनुसार अञ्चल अस्पताल राजविराजमा असोज २५ गते पीडित सहित र आरोपितहरूको स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान भइरहेको बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis