Incident Reports

अन्तरजातीय विवाहपछि जंगलमा बास

2018-08-04

Madhes, Dhanusha, Mithila, Ward 7

अन्तरजातिय विवाह गरेका एक जोडी समाजबाटै विस्थापित हुनुपरेको छ । करिब १ वर्ष प्रेम सम्बन्धमा रहेका धनुषास्थित मिथिला नगरपालिका ७ का राजकुमार भुजेल र महोत्तरी बर्दिवास नगरपालिका ३ की तारा परियारले २९ असारमा मन्दिरमा पुगी विवाह बन्धनमा बाधिएका थिए । समाजको डरले विवाहलगत्तै राजकुमार ले आफनी श्रीमतीलाई दुई दिनसम्म घर वाहिरै राखे । दुई दिनपछि राजकुमार को परिवारले दलित केटी विहे गरेको थाहा पाएपछि उनीहरुलाई जंगल पठाइयो र उनीहरु जंगलमा रहेको सानो टहरोमा बस्न बाध्य भए । जुन चौपायाका लागि बनाइएको अस्थायी टहरो हो । यसरी अन्तरजातीय विवाह गरेकै नाउँमा उनीहरु गाउँबाट विस्थापित हुनुप¥यो । राजकुमार भन्नहुन्छ, ‘मैले प्रेम गरेर उनीसँग विवाह गरेको हुँ । मैले उनलाई घरमै भित्राउन चाहान्छु तर बुवाआमाले भित्राउनै मान्नुभएको छैन ।’ तारालाई विवाह गरेर अस्थायी टहरोमा बस्दै गर्दा केही गाउँहरुकै दबाबमा आफ्नो घरबाट राम्रो व्यवहारा गर्दागदै पनि अपहेलित हुनुपरेको ले राजकुमार जानकारी दिनुभयो । ‘आमा बाबु र हामीहरुबीच केही समयस्य थिएनन्, तर एकाएक यस्तो घटनाहुनु पुग्यो ,‘ हामी छुटिएर बस्न सक्दैनौं । ’राजकुमारकी आमा विष्णुमाया भुजेलले छोराले गल्ती गरेको भन्दै दुवैजनालाई छुटाउनुपर्ने बताउँनुभयो । आफहरुले तल्लो जात माथिल्लो जात भन्दा पनि सामाजिक रुपमा गाउँ टोलमा बस्नुपर्ने हुदाँ सबैको कुरा आफले सुनेको जानकारी दिनुभयो । ‘मैले अरुको कुरा सुनेकी हुँ , छोरोबाट केही गल्ती भएको छ । ’ तारालाई अलपत्र पर्ने डर केटा पक्षले उल्टै तारालाई आरोप लगाउँदै इलाका प्रहरी कार्यालय ढल्केवरमा उजुरी दिएका छन् । उनीहरुले केटीले मर्छु भनेको र आफुलाई समस्या पर्ने भन्दै उजुरी दिएका हुन् । सानो जातको केटी विवाह गरेको भन्दै केटा पक्षको परिवारले छुटाउने योजनाअनुरुप यसो गरेको दलित अनलाईन डटकमसँग दलित अधिकारकर्मी मेघ सेन्चुरीले बताउनुभयो । आफुहरुले विवाह दर्ता गराउन खोज्दा पनि केटा पक्षले उमेर नपुगेको भन्दै छुटाउन खोजेको सेन्चुरीको आरोप छ । यसै विषयमा तारा भन्नुहुन्छ, ‘हामीमा कुनै समस्या छैन तर केटाको बुवाआमाले छुुटाउन खोज्नुभएको छ ।’ केटाको परिवारले आफुलाई अलपत्र पार्न खोजेको पनि ताराको भनाई छन् । यसरी केटा पक्षले प्रहरीमा उजुरी दर्ता गरेपछि केटी पक्षले पनि सशङ्कित हुँदै जातीय विभेद गरेको ठहरी गरी यसै विषयमा प्रहरी कार्यालयमा निवेदन दर्ता गर्दैछन् । मिथिला नगरपालिका २ की सदस्य इश्वरी परियारले दलितअनलाईनसँग भन्नुभयो, ‘हामीले बुझेअनुसार महिला सञ्जालले नै केटा केटीलाई नै छुटाउन लागेको हामीले बुझेका छौँ । यसरी धेरै पक्षबाट केटीलाई अलपत्र पार्ने प्रयास भइरहेको छ । त्यसैले हामीले प्रहरीमा निवेदन दिएर केटा केटीलाई मिलाउने प्रयास गरिरहेका छौँ ।’ विवाह दर्ता होला ? शुक्रवार मिथिला नगरपालिका वडा ७ का अध्यक्ष युवराज उपे्रतीले केटा र केटीलाई आफनो जिम्मामा लिएर जानुभएको छ । अध्यक्षले केटा र केटीको परिवारसँग सल्लाह गरी विवाह दर्ता गर्ने आश्वासन दिनुभएको छ । उहाँले इलाका प्रहरी कार्यालयका प्रमुख रोशन राईले पनि आफुहरुले दुवै पक्षलाई न्याय हुने गरी मिलाउने प्रतिक्रिया दिनुभएको जानकारी दिनुभयो ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis