Incident Reports

बालिका बलात्कार प्रयासका आरोपित गिरफ्तार l

2013-10-12

Madhes, Saptari, Mahadeva

Manohar Kumar Pokharel एक १० वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा बमनगामा कट्टी गाविस-३ का ४५ वर्षीय फुलेश्वर शर्मा बडहीलाई असोज २६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित पक्षले असोज २६ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीस्थित मुद्दा शाखाका सई बदन प्रधानले बताए । फर्निचरको काम गर्ने आरोपितले पीडित बालिकालाई असोज २५ गते दिउँसो ३ः३० बजे घरमा कोही नभएको मौका पारी बलात्कारको प्रयास गरेको पीडितकी आमाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । बलात्कारको प्रयास गरेको कुरा अभिभावकलाई पीडितले बताएपछि असोज २६ गते आरोपितलाई पीडितका अभिभावकले कुटपिट गरेर घाइते बनाएका छन् । घाइते आरोपितको अञ्चल अस्पताल राजविराजमा सोही दिन साँझ ६ बजे उपचार र स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जानकारी दिएको छ । बालिकाका अभिभावकहरूले झुठो आरोप लगाई कुटपिट गर्नुका साथै नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएको आरोपितले बताए । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका आरोपितमाथि अनुसन्धान भइरहेको र उनलाई कानुन बमोजिम कारबाही गरिने सई प्रधानले बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis