Incident Reports

नेकपा-माओवादीका कार्यकर्ताद्वारा मार्ने धम्की l

2013-10-10

Rabindra Pandey तिराम गाविस-२ निवासी ४२ वर्षीय एकीकृत माओवादीका जिल्ला संयोजक कृष्ण अधिकारी (प्रकाश) बाङ्गेशाल गाविसबाट कार्यकर्ता भेटघाट गरि फर्कदै गर्दा असोज २४ गते साँझ करिब ६ बजे ढुगेगढी गाविस-३ मा खैरा गाविस-६ निवासी ५० वर्षीय नेकपा-माओवादीका केन्द्रीय सदस्य धनेश्वर पोखरेल र नयाँगाउँ गाविस-३ का २५ वर्षीय राज्य कमिटी सदस्य खिमबहादुर कार्की (बुलेट) ले मार्ने धम्की दिएको एकीकृत माओवादीका कार्यकर्ताले आरोप लगाएका छन् । आफूलाई ९८४७८२१८२१ र ९८४७८२१८२५ नम्बरको मोवाइलबाट जनतालाई हामीहरूको विरुद्घमा भ्रम फैलाउँदै हिड्ने, यस्तै गतिविधि गर्दै हिँडेमा आठ/दश दिन भित्र सिर्द्धाईदिन्छौ भनि धम्की दिएको कृष्ण अधिकारीले बताए । सुनियोजित रुपमा नेकपा-माओवादीलाई आरोप लगाइएको नेकपा-माओवादीका केन्द्रीय सदस्य धनेश्वर पोखरेलले प्रतिकृया दिए । रविन्द्र पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis